राजनीति


सञ्चारमन्त्री शर्मा भारत भ्रमणमा, के–के छन् कार्यक्रम?

सञ्चारमन्त्री शर्मा भारत भ्रमणमा, के–के छन् कार्यक्रम?

नेपालखबर
चैत ८, २०७९ बुधबार ७:२२, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा विभिन्न कार्यक्रममा भाग लिन मङ्गलबार भारत प्रस्थान गरेकी छिन्।

मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु)को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम छ।

नयाँ दिल्लीमा स्थापना भएको आइटियुको एशिया प्रशान्त क्षेत्रीय कार्यालयको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने बताइएको छ।

सो कार्यक्रममा विभिन्न देशका सञ्चारमन्त्री सहभागी हुनुहुने सञ्चार मन्त्रालयले जनाएको छ।

मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्री सहभागी हुने मन्त्रीस्तरीय संवादमा सहभागी हुनेछिन्। बिहीबार उनले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुईपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ।
 
मन्त्री शर्मा भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम तय भएको छ।

नेपाली प्रतिनिधिमण्डलमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकमका प्रबन्धक विमल आचार्य सहभागी छन्।

मन्त्री शर्मा शुक्रबार दिउँसो स्वदेश फर्कने उनका सञ्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad