राजनीति


कांग्रेस सरकारमा गएर अर्को निर्वाचन जित्ने गरी काम गर्नुपर्छ : प्रदीप पौडेल

कांग्रेस सरकारमा गएर अर्को निर्वाचन जित्ने गरी काम गर्नुपर्छ : प्रदीप पौडेल

नेपालखबर
चैत ७, २०७९ मंगलबार ११:५८, काठमाडौँ

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको उपस्थिति नयाँ ढंगबाट हुनुपर्ने बताएका छन्। 

नेपाल ट्रेड युनियन कांग्रेस चितवनले मंगलबार संस्थापक अध्यक्ष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको विचार गोष्ठीमा उनले यस्तो बताएका हुन्। 

‘गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति अलिकति नयाँ ढंगबाट हुन जरुरी छ। केही गरेर देखाउनु पर्छ,’ सांसदसमेत रहेका पौडेलले भने, ‘५ वर्षौँसम्म हामी सरकारमा हुन सक्छौँ। तर, सरकारमा भइरहने कुराले हामीलाई अर्को पटक निर्वाचन हामीलाई जिताउने हुनुपर्छ।’

कांग्रेसले यसअघि विभिन्न गल्तीहरु गरेको स्वीकार गर्दै उनले सरकारमा सहभागी हुँदा पुराना गल्ती स्वीकारेर दोहोरिन नदिने प्रतिवद्धताका साथ काम गर्नुपर्नेमा जोड दिए।  

‘सरकारमा गएर हामीले के गछौं? हामीले त्रुटि गरेका छौं, गल्ती गरेका छौं। त्यही स्वीकार्नु कमजोरी हो भन्ने मलाई लाग्दैन,’ पौडेलले भने, ‘गल्ती स्वीकारेर नदोहोर्याउने प्रतिवद्धता गरेर नयाँ सन्देश दिने गरी हामीले काम गर्नुपर्दछ।’

उनले संघीय र प्रदेश सरकारमा सहभागी हुँदा अर्को पटक एक्लै निर्वाचनमा प्रतिष्पर्धा गर्न सकिने गरी काम गर्नुपर्ने पनि बताए। 

‘केन्द्रीय सरकार, प्रादेशिक सरकार सबैतिर हामी जाँदै गर्दा यि सरकारहरुले राम्रो गरेको देखिनुपर्छ,’ पौडेलले भने, ‘त्यसो भयो भने अब आउने निर्वाचनमा हामीले एक्लै प्रतिष्पर्धा गर्ने स्थिति आउन सक्छ।’     

गठबन्धनको संस्कृति सरकार बनाउने सन्दर्भमा स्वाभाविक भए पनि निर्वाचनको सन्दर्भमा स्वाभाविक हुन नसक्ने उनको भनाइ थियो। 

‘गठबन्धनको संस्कृति सरकार बनाउने सन्दर्भमा स्वाभाविक हुन सक्छ। तर, निर्वाचनमा स्वाभाविक हुन सक्दैन,’ पौडेलले भने, ‘आइडोलोजी पोलिटिकल पार्टीका निम्ति महत्वपूर्ण कुरा हो। इलेक्सनमा आइडोजोलिकल पक्षबाट हामी क्लियर हुन सक्नुपर्छ।’ 

केन्द्रीय सदस्य पौडेलले आगामी वैशाख १० गते चितवन–२ मा हुन गइरहेको उपनिर्वाचनका लागि पार्टीले जमिन चिनेको नेतालाई उम्मेदवार बनाउनु पर्नेमा पनि जोड दिए। 

‘यहाँको जमिनलाई चिनेको, जमिनले माया र विश्वास गर्ने, चुनाव कसले जित्छ भन्ने कुरालाई आधार बनाएर उम्मेदवार उठाउनु पर्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad