ad ad

राजनीति


फरक–फरक देश चिनाउने नरम कूटनीति चलचित्र हो : पर्यटनमन्त्री किराँती

फरक–फरक देश चिनाउने नरम कूटनीति चलचित्र हो : पर्यटनमन्त्री किराँती

नेपालखबर
चैत ७, २०७९ मंगलबार ९:२९, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चलचित्र क्षेत्रलाई नरम कूटनीतिको रुपमा चित्रण गरेका छन्।

सोमबार नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ)को समापन समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र क्षेत्र भनेको हरेक देशको नरम कूटनीति सम्बन्ध स्थापित गर्ने माध्यम भएको बताए। 

‘समाज र देशको सबैभन्दा स्पष्ट ऐना चलचित्र हो। साहित्य, कला, गीत, संगीत र प्रविधिको माध्यमबाट देशलाई चिनाउने चलचित्र क्षेत्र फरक–फरक देशबीचको कूटनीतिक सम्बन्ध, सामाजिक र सांस्कृतिक सम्बन्ध पनि त्यत्तिकै स्थापित गर्छ। अहिले यसलाई नरम कूटनीति हो।’ किराँतीले भने।

समाज र देशको सबैभन्दा स्पष्ट ऐना चलचित्र भएकाले यसको विकास गर्न आवश्यक रहेको उल्लेख गरे। उनले साहित्य, कला, गीत, संगीत र प्रविधिको माध्यमबाट देशलाई चिनाउने चलचित्र क्षेत्र फरक फरक देशबीचको कूटनीतिक सम्बन्ध, सामाजिक र सांस्कृतिक सम्बन्धलाई स्थापित गर्ने माध्यम भएको बताए।

‘हिन्दी, चिनियाँ र अंग्रेजी जस्तै नेपालमा पनि फिल्म निर्माताहरुले त्यसरी नै ध्यान दिनुभइरहेको छ। मौलिक संस्कृति, इतिहास, समाज र प्रकृतिको सम्पदामाथि फिल्म बनाऔँ, विश्वमा चिनाऔँ,’ उनले भने, ‘चलचित्ररुपी हतियारलाई राम्रोसँग विकास गर्नसके आर्थिक स्थिति पनि सुधार हुन्छ।’

मौलिक संस्कृति, इतिहास, समाज र प्रकृतिको सम्पदामाथि फिल्म बनाउन आग्रह गरे। चलचित्र क्षेत्रको विकास गर्नसके आर्थिक स्थिति पनि सुधार बताए।

त्यस्तै नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नबोलीकल हेरेर समाज रुपान्तरण गर्ने माध्यम भनेको चलचित्र रहेको पनि उनले बताए। 

उनले सिनेमाका माध्यमबाट देशको आर्थिक उन्नती हुने बताए। 

अध्यक्ष पाठकले नेपालमा भएका एयरलाइन्सहरुमा जहाज उड्दा विदेशी सिनेमा हेर्नुपर्ने अवस्था रहेको भन्दै जहाजमा नेपाली चलचित्रहरु देखाइनुपर्ने बताए।

अध्यक्ष पाठकले नेपालबाट उड्ने एयरलाइन्सले वर्षको ५ वटा सम्म सिनेमा किन्ने वतावरण बनाइदिन मन्त्री किराँतीलाई आग्रह गरे।

चैत २ देखि शुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सम्पन्न भएको हो।

नेपाली फिल्मतर्फ चलचित्र प्रकाशबाट प्रदीप खड्का र दिया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन्। ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रतियोगी रहेको फेस्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो।

५ दिनसम्म चलेको निफमा ९ वटा सेसन र तीनवटा मास्टर क्लास सम्पन्न भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .