राजनीति


बुटवल क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

नेविसंघलाई अखिल क्रान्तिकारीले पछि पार्यो
बुटवल क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

नेपालखबर
चैत ६, २०७९ सोमबार १२:२९, बुटवल

बुटवल बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ।

स्ववियुको अध्यक्षमा ९९३ मत ल्याएर दुर्गाबहादुर एमसी विजयी भएका छन्। उनका प्रतिस्प्रर्धी माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ५८३ मत पाए। 

यहाँ  नेपाल विद्यार्थी संघका तेस्रो स्थानमा झरेको छ। नेविसंघका अध्यक्षका उम्मेदवार सागर पौडेलले  ३९१ मत ल्याए। 

बहुमुखी क्याम्पसको स्ववियू सचिमा ९९१ ल्याएर नीलकण्ठ पाण्डेय र कोषाध्यषमा ९९४ मत ल्याएर शशांक बस्याल निर्वाचित भए। सदस्यहरुमा पनि सबै अनेरास्ववियूकै विजयी भएका छन्। 

कूल ७ हजार ११० विद्यार्थी मतदाता रहेको बहुमुखी क्याम्पसमा हिजो भएको मतदानमा २ हजार ६ सय ८१ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad