कला


बढ्यो पलको भाउ, म्युजिक भिडिओमा ३ लाख, फिल्ममा ५० लाख!

बढ्यो पलको भाउ, म्युजिक भिडिओमा ३ लाख, फिल्ममा ५० लाख!

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०७९ सोमबार १२:५१, काठमाडौँ

अभिनेता पल शाह एक वर्षको जेल जीवन बिताएर बाहिर निस्किएपछि अभिनयमा गति समात्ने तयारीमा छन्।

उनले आफूविरुद्धको मुद्दामा सफाइ पाएर घर फर्किँदै गर्दा विश्वविद्यालयबाट फर्किएको महसुस भएको बताएका थिए। भनेका थिए, ‘मैले जीवनबारे थुप्रै कुरा सिक्ने मौका पाएँ।’

जीवनप्रतिको दृष्टिकोण बदलेर घर फर्किए भन्ने पलको तामझाम भने उस्तै छ। म्यूजिक भिडिओ र फिल्ममा फर्काउन चाहने निर्माता/निर्देशकसँग उनी अहिले धान्नै नसक्ने पारिश्रमिकको माग गरिरहेका छन्। 

उनी एक वर्षअघि एउटा म्यूजिक भिडिओमा काम गरेको धेरैमा डेढ लाख पारिश्रमिक लिन्थे। अहिले उनीसँग म्यूजिक भिडि‌ओको अफर लिएर जाने निर्मातासँग ३ लाख पारिश्रमिक माग गरिरहेका छन्।

उनको पारिश्रमिकको ग्राफ सुनेर निर्माताहरु निराश हुँदै फर्किरहेका छन्। 

म्यूजिक भिडिओमा जमेका पलले फिल्मका लागि पनि आफ्नो पारिश्रमिक बढाएका छन्।

पलले एउटा फिल्मको पारिश्रमिक ५० लाख माग गरेको खबर सार्वजनिक भएको छ। यो मागले उनलाई लिएर फिल्म बनाउन कस्सिएका मेकर्स हैरान भएका छन्। 

जेलबाट निस्किएपछि पल मेला महोत्सवमा पनि सहभागिता जनाउन थालेका छन्। उनी मेला महोत्सवमा आफ्नी बहिनीलाई साथमा लिएर जान्छन्।

उनी केही दिनअघि हेलिकोप्टर चढेर रुकुम पुगेका थिए। त्यहाँ जाँदा उनका लागि हेलिकोप्टर खर्च नै लाखौँ गरिएको चर्चा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad