ad ad

राजनीति


राप्रपाले आज ७७ वटै जिल्लाका सिडिओलाई ज्ञापनपत्र बुझाउने

राप्रपाले आज ७७ वटै जिल्लाका सिडिओलाई ज्ञापनपत्र बुझाउने

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन।


नेपालखबर
चैत ६, २०७९ सोमबार ८:२५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापनपत्र बुझाउँदै छ।

रसायनिक मलमा अनुदान कटौती र मूल्यवृद्धिको विरोधमा राप्रपाले आज ७७ वटै जिल्ला प्रशासन कार्यलय पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

किसानहरूका समस्याका बारेमा प्रधानमन्त्रीलाई प्रजिअमार्फत ज्ञापनपत्र बुझाउनेगरी सबै प्रजिअलाई राप्रपाले भेट्न लागेको उनले बताए। 

‘स्वदेशी उत्पादन वृद्धि गरौं, आयात प्रतिस्थापन गरि निर्यात बढाऔं’ भन्ने पार्टीको नीति अनुसार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागिएको श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .