ad ad

खेल


एल क्लासिको भिडन्तमा बार्सिलोनाको रोमाञ्चक जित

एल क्लासिको भिडन्तमा बार्सिलोनाको रोमाञ्चक जित

नेपालखबर
चैत ६, २०७९ सोमबार ६:५८, काठमाडौँ

फ्रान्क केसीको नाटकिय गोलसँगै बार्सिलोलाले रियल मड्रिडलाई हराउँदै स्पेनिस ला लिगामा १२ अंकको अग्रता बनाएको छ। 

आइतबार राति भएको एल क्लासिको भिडन्तमा बार्साले रियललाई २–१ गोल अन्तरले हराएको थियो। 

खेलको नवौं मिनेटमा नै रियलले उपहार गोलमा अग्रता बनाएको थियो। 

भिनिसियस जुनियरके क्रस बार्सिललोनाका डिफेन्डर रोनाल्ड अराउजोले आफ्नै पोष्टमा हानेपछि रियलले सुरुवाती अग्रता बनाएको थियो। 

पहिलो हाफको अन्तिम मिनेटमा सर्जियो रोबर्टोको गोलमा बार्साले बराबरी गोल फर्काएको थियो। पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफको अन्तिममा बार्साले गोल फर्काउँदै जित पक्का गरेको हो। 

खेलको इन्ज्युरी समयको दोस्रो मिनेटमा केसीले गोल फर्काएपछि बार्सिलोनाले रियलविरुद्ध अग्रता बनाएको थियो। 

खेलपछि रोबर्टोले भने, ‘अहिले नै उपाधि भिडन्त सकियो भनेर भन्न मिल्दैन तर हामीले १२ अंकले स्पष्ट अग्रता बनाएका छौं त्यसैले उनीहरुका लागि केही गाह्रो छ।’

उनले थपे, ‘मैले आफ्नो टोलीको लागि गोल गर्न पाउँदा खुसी छु, हाम्रो लागि यो खुसीको कुरा हो। अझ फ्रान्कले अन्तिम मिनेटमा गोल फर्कायो यो हाम्रो लागि खुसीको कुरा हो।’

ला लिगामा दुवै टोलीको १२ खेल बाँकी छ। बार्साले २६ खेलबाट ६८ अंक बनाएको छ। दोस्रो स्थानको रियलको समान खेलबाट ५६ अंक छ।

सन् २०१८–१९ पछि बार्सिलोना पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा रहेको छ।  

गएराति नै भएको अन्य खेलमा रियल बेटीसले मार्लोकालाई १–० ले तथा रियल सोसिडाडले एल्चे र गेटाफेले सेभिल्लालाई समान २–० गोल अन्तरले पाखा लगाए। भिल्ला रियलले भने ओसासुनामाथि ३–० को जित निकाल्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .