बागबजारस्थित शंकरदेव क्याम्सपमा आधाभन्दा कम मत खसेको छ।
जम्मा ८४ सय ९० मतदाता रहेको यो क्याम्पसमा ३१ सय ७७ मात्रै मत खसेको हो। यहाँ ३५ प्रतिशत पनि मत खस्न सकेन।
यहाँ मतदान सकिएपछि अहिले मतगणना थालिँदैछ। यहाँ ८ जना फर्जी मतदाता पनि समातिएका छन्।
यहाँ नेविसंघबाट सुशान्तसिंह बस्नेत, अखिलबाट मुना तिवारी, अखिल क्रान्तिकारीबाट वीरेन्द्र जिसी र स्वतन्त्रबाट सुशील धामी सभापतिका उम्मेदवार छन्।
165
Shares
प्रतिक्रिया