ad ad

राजनीति


ट्रम्पको आदेशमा इरानी जर्नेल मारिएपछि इराक रणमैदान बन्ने खतरा

ट्रम्पको आदेशमा इरानी जर्नेल मारिएपछि इराक रणमैदान बन्ने खतरा

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ७:१३,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशालीमध्ये एक जर्नेल कासिम सुलेमानी मारिएपछि वाशिंगटन र तेहरानबीच ह्वात्तै तनाव बढेको छ।

यो हत्याको बदला इरानले कसरी लेला भन्ने विषयमा अहिले सैन्य विश्लेषकहरु माथापच्ची गरिरहेका छन्।

इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीले सुलेमानीको हत्याको बदला लिने बाचा गरेका छन्।

‘सुलेमानी र अन्यको हत्यामा संलग्न अपराधीहरुमाथि कठोर बदला लिइनेछ,’ खामेनीले भनेका छन्। उनको मृत्युपछि इरानमा तीन दिने शोक पनि घोषणा गरिएको छ।

अमेरिकाले सुलेमानीमाथि किन गर्‍यो आक्रमण?
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका मेजर जनरल सुलेमानीको गाडीलाई इराकको बगदाद इन्टरनेसनल एयरपोर्टनजिकै रकेट प्रहार गरिएको थियो। यो आक्रमणको आदेश ट्रम्पले नै दिएका थिए।

मध्यपूर्वमा इरानी गतिविधि सञ्चालन गर्ने मुख्य व्यक्तिका रुपमा चिनिन्थे सुलेमानी। अमेरिकाले दुश्मनका रुपमा हेर्ने गरेपनि सुलेमानीले इस्लामिक स्टेटविरुद्धको युद्धमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले अग्रमोर्चामै रहेर इस्लामिक स्टेटसँगको युद्ध सञ्चालन गरेका थिए।

976e0ab0-4641-4f91-8e9b-dece6bf5d0a7.jpgआक्रमणपछि क्षतविक्षत भएको सुलेमानीको कार

अमेरिकाले बहुपक्षीय आणविक सम्झौताबाट हात झिकेपछि गत वर्षदेखि नै यी दुई देशबीच तनावमा वृद्धि भएको थियो।

अमेरिकाले मध्यपूर्वका हरेक घटनामा इरानलाई दोष दिँदै आएको छ। केही दिनअघि मात्र इरान समर्थित भनिने एउटा मिलिसिया समूहमाथि इराक र सिरियामा अमेरिकाले आक्रमण गरेको थियो।

लगत्तै मंगलबार प्रदर्शनकारीले बगदादस्थित अमेरिकी दूतावासअघि प्रदर्शन गरेका थिए। उनीहरुले दूतावासमा तोडफोड गर्नुका साथै सुरक्षाकर्मीसँग झडप पनि गरेका थिए।

ट्रम्पले यसको ‘ठूलो मूल्य’ इरानले तिर्नुपर्ने चेतावनी दिएका थिए।

सुलेमानीको मृत्युपछि अमेरिका–इराक तनाव त बढेको छ नै, यसले मूलतः दुई वटा खतरा पैदा गरेको छ।

पहिलो, सुलेमानी इराकमा मारिएका छन्। जसको अर्थ हो, इराक अमेरिका र इरानको थप छद्म युद्धभूमि बन्ने खतरा बढेको छ।

दोस्रो, यो आक्रमणपछि ट्रम्पको आत्मविश्वास ह्वात्तै बढेको छ। गत अक्टोबरमा सिरियामा इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बगदादीलाई मार्ने अप्रेसनलाई स्वीकृति दिएका थिए।

त्यस्तै, अत्यन्त ठूलो जोखिम हुँदाहुँदै उनले सुलेमानीविरुद्धको कारवाहीलाई स्वीकृति दिएका छन्। यसले उनी सैन्य कारवाही गर्न पनि हिच्किचाउँदैनन् भन्ने सन्देश दिएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .