ad ad

कारोबार


नेपाल सधैँ शान्तिको पक्षमा : पर्यटनमन्त्री भट्टराई

नेपाल सधैँ शान्तिको पक्षमा : पर्यटनमन्त्री भट्टराई

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ६:५८,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल संधै शान्तिको पक्षमा रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल संधै विश्वमा शान्ति कायम होस भन्ने पक्षमा रहेको बताएका हुन्।

उनले चेन्टिङ सेरेमोनीले अन्तर्राष्ट्रिय एकवद्धता कायम गर्न र शान्ति स्थापना गर्न सहयोग पुर्‍याउने बताए। उनले भ्रमण वर्ष २०२० को जनवरी १ देखि नेपाल भ्रमण वर्ष सुरु भएको अवस्थामा यस्तो कार्याक्रमले विश्वमा शान्तिको सन्देश दिने मात्र नभई नेपालको पर्यटन वर्षको प्रवद्र्धनमा समेत सहयोग पुर्‍याउने बताए। 

मन्त्री भट्टराईले पर्यटन वर्षको अवसरमा भगवान गौतमवुद्धको जन्मस्थल लुम्बिनीमा सरकारले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने जानकारी समेत दिए। सम्मेलनले विश्वमा शान्ति स्थापना र लुम्बिनिको प्रवद्र्धनमा सहयोग पुर्‍याउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .