राजनीति


राष्ट्रिय सभाका १६ सांसदका उम्मेदवार टुंग्याउन नेकपा सचिवालय बैठक जारी

राष्ट्रिय सभाका १६ सांसदका उम्मेदवार टुंग्याउन नेकपा सचिवालय बैठक जारी

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ३:५६,

सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान ८ : ३० बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठकमा राष्ट्रिय सभाका उम्मेद्वार छनोट, सभामुख चयन लगायतका विषयमा छलफल हुने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए।

राष्ट्रियसभा सांसदका लागि सिफारिश गर्ने नामको विषयमा नेकपामा सहमती जुटेको छैन। यस विषयमा बिहीबारको बैठकमा पनि छलफल भएको थियो।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकलौटी रुपमा राष्ट्रिय सभा सांसदको सूची तयार गरि बैठकमा प्रस्तुत गरेको भन्दै बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतले आपति जनाएका छन्।

आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका रिक्त १८ सदस्य पदको निर्वाचनका लागि पुस २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

नेकपाले प्रदेश २ मा राजपासँग २-२ सिटमा तालमेल गर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad