नेपाली कांग्रेसले निर्वाचन आयोगलाई बिहीबारै स्पष्टीकरण बुझाउने भएको छ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार स्पष्टीकरणसँगै कार्यसम्पादन समिति बैठकको निर्णय पनि पठाउने लागिएको हो।
नेकपा एमालेले मौनअवधिमा उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन दिने कांग्रेसको निर्णयविरुद्ध उजुरी हालेको थियो।
आचारसंहिता उल्लंघनको निर्णय गर्ने कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी दिइएपछि स्पष्टीकरण बुझाउन लागिएको हो।
मौनअवधि सुरु भएपछि बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो।
57
Shares
प्रतिक्रिया