ad ad

राजनीति


पाकिस्तान विरुद्ध प्रदर्शन गर्न विपक्षीलाई मोदीको चुनौती

पाकिस्तान विरुद्ध प्रदर्शन गर्न विपक्षीलाई मोदीको चुनौती

नेपालखबर
पुस १७, २०७६ बिहिबार १०:४६,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी गठबन्धनलाई पाकिस्तानविरुद्ध प्रदर्शन गर्न चुनौती दिएका छन्।

विपक्षीहरुले छिमेकी देशमा प्रताडित शरणार्थी विरुद्ध नाराजुलुस गरेको उनको आरोप थियो।

गत महिना मोदी सरकारले नागरिकता संशोधन कानुन पारित गरेपछि त्यसको विपक्षमा देशभर प्रदर्शन भएका छन्। जसमा कम्तीमा २५ जनाको ज्यान गइसकेको छ।

‘पाकिस्तान धर्मको आधारमा स्थापना भएको थियो। धार्मिक अल्पसंख्यकमाथि त्यहाँ प्रताडना भइरहेको छ। उनीहरु भारत आउन बाध्य छन्। तर, कंग्रेसलगायतका दल पाकिस्तान विरुद्ध बोल्दैनन्, बरु उनीहरु शरणार्थीविरुद्ध जुलुस निकाल्छन्,’ कर्नाटक पुगेका मोदीले भने, ‘यदि आन्दोलन नै गर्ने हो भने पाकिस्तानविरुद्ध आन्दोलन गर्नुस्।’

हिन्दु, सिख र क्रिस्चियनहरुलाई भाग्यको भरमा छोड्न नसकिने उनले बताए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .