राजनीति


उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न एमाले सचिवालय बैठक बस्दै

उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न एमाले सचिवालय बैठक बस्दै

फाइल फाेटाे


नेपालखबर
फागुन २७, २०७९ शनिबार ७:२२, काठमाडौँ

पार्टीका तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा निर्णय गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। 

आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ। 

त्यसअघि सचिवालय बैठक राखेर एमालेले उम्मेदवार चयन गर्ने भएको हो। 

बैठक बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए। 

बैठकमा उपराष्ट्रपति उम्मेदवार चयनका साथै समसामयिक राजनीतिका विषयमा छलफल हुने एमालेले जनाएको छ। 

उता सत्ता गठबन्धनले पनि यो खबर लेख्दासम्म उपराष्ट्रपतिको उम्मेदवार निश्चित गरेको छैन। 

एमालेले राष्ट्रपतिमा पनि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको थियो। तर उनी नौदलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग हारे। पौडेल मुलुकको नयाँ राष्ट्रपति बनिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad