राजनीति


मा‌ओवादी धारका पार्टीले संयुक्त अपिल निकाल्दै, त्यसपछि सरकार विस्तार

मा‌ओवादी धारका पार्टीले संयुक्त अपिल निकाल्दै, त्यसपछि सरकार विस्तार

बालुवाटारमा माओवादी धारका नेताहरुको बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार ११:४५, काठमाडौँ

माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिहरुको खण्डन गर्ने भएको छ।

शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको बैठकले सो निर्णय गरेको हो। 

बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाबारे अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले बताए। 

उनले पछिल्लो शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्तिप्रति आपत्ति जनाए।

‘आज बिहान पूर्वमाओावदी घटकहरु आठ दलको बैठक बस्यो। शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्तिहरु देखिएका छन्, त्यो मान्यतालाई खण्डित गर्दै, शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रिया अघि बढाउने, शान्ति प्रक्रिया काम छिटो सक्न संयुक्त अपिल प्रकाशन गर्ने, २८ गते दिउँसो सबै नेताहरु बोल्ने कुरा भएको छ। ३० गते नागरिक समाज, बुद्धिजीविसँग शान्तिप्रक्रियाबारे अन्तरक्रिया गर्ने कार्यक्रम गर्ने निर्णय भएको छ,’ गुरुङले भने। 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध दर्ता भएको रिट अदालतको कानूनी प्रक्रिया अनुसार अघि बढ्ने बताए। 

उनले शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने प्रवृत्ति देखिएको भन्दै शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने पक्षमा निरन्तर अभियान जारी राख्ने निर्णय भएको बताए।

‘आदालतको कुरा कानूनी प्रक्रियाअनुसार नै अघि जान्छ। शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने, खालका जुन प्रवृत्तिहरु देखिएका छन्, त्यसबारे सबै सजग र शतर्क भएका छन्', उनले भने, 'शान्ति प्रक्रियालाई उल्ट्याउन खोजे भए शान्ति प्रक्रिया समाप्त भए अर्कै कुरा हुन्छ। शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्नुपर्छ भन्नेकुरा भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad