कारोबार


राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच व्यावसायिक सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच व्यावसायिक सम्झौता

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार ११:४७, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोष बीच सहकार्य, कार्यगत एकता, आपसी सहयोग गर्ने सम्झौता भएको छ। 

योसँगै दुवै पक्षका बीचमा हुने विभिन्न किसिमका कारोबारलाई निरन्तरता दिने र दुवै संस्थाबीचको सुमधुर सम्बन्धलाई भविष्यमा अझ थप मजबुत बनाउँदै डिजिटल प्रविधिको उच्चतम प्रयोगमा जोड दिने बैंकले जनाएको छ। 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन्।

कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता कार्यालयहरुको योगदान रकम संकलन गर्नका लागि यस अघिदेखि राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई कम्प्युटराइज्ड गभर्नमेन्ट एकाउन्टिङ सिस्टम (सीजीएएस) प्रणालीबाट सहभागीहरुको कट्टी रकम पठाउँदै आएको कार्यलाई निरन्तरता दिइने भएको छ। 

कोषले विकसित गरेको वेबमा आधारित ईसर्भिस सफ्टवेयरबाट कर्मचारी बचत वृद्धि अवकाश कोष लगायत अन्य कार्यक्रमको योगदान रकम कट्टी गर्ने अन्य संगठित संस्थामा कार्यरत कर्मचारीहरुको फाँटवारी प्रविष्ट गरिसकेपछि सहभागी योगदानकर्ता कार्यालयले सबमिसन नम्बर तथा कार्यालय कोडसहितको पेमेन्ट स्लिप र आफ्नो चेक वा नगद राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखाहरुमा पेश गरेको अवस्थामा सम्बन्धित सहभागीको खाताबाट रकम कट्टी गरी सबै बैंक शाखाहरुले सबमिसन नम्बर र कार्यालय कोड प्रयोग गरी नेपाल क्लियरिङ्ग हाउस लि.को बैंक सेन्ट्रल सफ्टवेयरमार्फत बैंकमा रहेको कोषकोे खातामा जम्मा गरिने भएको छ। 

यसले गर्दा रकम समयमै जम्मा भई हिसाब मिलान हुने तथा कर्मचारीहरुको खातामा सोझै रकमहरु जम्मा हुने हँुदा सहज हुने विश्वास गरिएको बैंकले जनाएको छ। साथै, सम्पूर्ण सरोकारवाला निकायहरुले पनि यसै प्रबिधिको प्रयोग गरी रकम जम्मा गर्नुहुन समेत अनुरोध गरिएको छ। 

उक्त कार्यक्रममा कोषका निर्देशक गोपाल घिमिरे र बैंकका भुक्तानी तथा फर्छ्र्योट विभागका विभागीय प्रमुख ऋषि राम ढकाल, मार्केटिङ विभागका विभागीय प्रमुख अच्युत गौतम, ट्रेजरी विभागका विभागीय उप प्रमुख सरोज कोईराला र प्रबन्धक बिमल जोशीको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad