नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा (फागुन २३ गते) द्वन्द्वकालीन दुईवटा मुद्दा दर्ता भएपछि झस्किएका माओवादी धारका पार्टीहरूको बैठक आज पनि बस्दै छ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ८ बजे बस्ने तय भएको छ।
यसअघि बालुवाटारमै भेला भएका माओवादी धारका पार्टीहरूबीच दोस्रोपटक छलफल हुन लागेको हो।
‘परिस्थिति अप्ठेरो बनेको’ भन्दै दस माओवादी समूह एकतातर्फ अघि बढेका छन्।
विस्तृत : ‘परिस्थिति अप्ठेरो बनेको’ भन्दै एकतातर्फ अघि बढे दस माओवादी समूह
27
Shares

प्रतिक्रिया