राजनीति


राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

नेपालखबर
फागुन २५, २०७९ बिहिबार १६:५४, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्। 

उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदकाे मत पाए। पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

पौडेलले नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका हुन्। यससँगै उनी संघीय लोकतान्त्रिक गणतन्त्रको चौथो कार्यकालका लागि तेश्रो रास्ट्रपति बनेका छन्। 

पौडेललाई राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहित १० दलको समर्थन थियो। 

उनका प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे। नेम्वाङलाई एमालेको मात्रै मत खसेको छ।

राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए।

उता प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मत दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad