अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत घुससहित पक्राउ परेका छन्।
महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग एक लाख घुस लिएको अख्तियारको आरोप छ। उनलाई घुसलिएको एक लाख रुपैयाँसहित पक्राउ गरेको हो।
घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पौडेलले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
बिहीबार उनलाई कार्य कक्षबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका थपलियाले जानकारी दिए।
54
Shares

प्रतिक्रिया