ad ad

राजनीति


यी हुन् राष्ट्रपति निर्वाचनमा मत नदिने संघीय सांसदहरु

यी हुन् राष्ट्रपति निर्वाचनमा मत नदिने संघीय सांसदहरु

राष्ट्रपतिका लागि मतदानका क्रममा सांसदहरु। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १५:२०, काठमाडौँ

राष्ट्रपति निर्वाचनमा संघीय संसदतर्फ १८ जना सांसदहरुको मत खसेन। १५ जना निर्वाचन प्रक्रियामा सहभागी नभएर र ३ जना अन्य कारणले अनुपस्थित भएका हुन्। 

मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनका लागि भर्खरै सम्पन्न मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का १५ जना सांसद निर्वाचन प्रक्रियामा अनुपस्थित भएका छन्। 

राप्रपाले निर्वाचन प्रक्रियामा तटस्थ बस्ने र नेमकिपाले सहभागी नहुने निर्णय गरेको थियो। राप्रपाका १४ र नेमकिपाका १ जना संघीय सांसद छन्। 

यस्तै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक–एक सांसद स्वास्थ्य अवस्थाका कारण तथा नेकपा एमालेका एक सांसद पक्राउ पर्ने डरले अनुपस्थित भएका छन्। 

कांग्रेस सांसद डा. चन्द्र भण्डारी उपचारका क्रममा भारतको मुम्बई छन् भने माओवादी केन्द्रका सांसद वर्षमान पुन चीनमा छन्। यस्तै एमाले सांसद लक्ष्मी कोइरी नेपाल प्रहरीको फरार सूचीमा छन्। 

यस्तै प्रदेशसभा तर्फ ३२ जना सांसदहरु मतदानमा अनुपस्थित भएका छन्।

राप्रपाका २५ र नेमकिपाका ३ जना सांसद मतदानमा अनुपस्थित हुँदा जनता समाजवादी पार्टी (जसपा) की सांसद विन्दुकुमारी यादव अस्पताल भर्ना भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .