कारोबार


५० अंकले उकालो लाग्यो सेयरबजार, डेढ अर्बको किनबेच

५० अंकले उकालो लाग्यो सेयरबजार, डेढ अर्बको किनबेच

नेपालखबर
फागुन २५, २०७९ बिहिबार १५:२०, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से आज ५०.०४ अंकले बढेर २००० विन्दुमाथि पुगेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज बजार खुलेदेखि नै निरन्तर बढेको थियो। 

यसअनुसार आज २१३ कम्पनीको सेयर बढेको छ भने तीनवटाको मात्रै घटेको र दुईवटाको उही मूल्यमा कारोबार भएको छ। 

आज २६२ कम्पनीको ४५ लाख कित्ता सेयर १ अर्ब ५६ करोडमा कारोबार भएको हो। 

योसँगै आज शुभम पावर र नेपाल इन्स्योरेन्स कमपनीका लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन्। आज लगानीकर्ताले ५.८१ प्रतिशतसम्म गुमाएका छन्। 

त्यस्तै आज शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ८५ लाखको कारोबार भएको नेप्सेले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .