ad ad

राजनीति


राष्ट्रपति निर्वाचनका लागि दुईथरी मतपत्र (नमुना मतपत्रसहित)

राष्ट्रपति निर्वाचनका लागि दुईथरी मतपत्र (नमुना मतपत्रसहित)

फाइल तस्बिर : राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ


नेपालखबर
फागुन १९, २०७९ शुक्रबार ८:१४, काठमाडौँ

नयाँ राष्ट्रपति चयनका लागि यही फागुन २५ गते चुनाव हुँदै छ।

त्यसका लागि आठ दलको समर्थनमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्। 

फागुन २५ गते राष्ट्रपति पदका लागि यी दुई नेताबीच प्रतिस्पर्धा हुँदै छ। 

यसैबीच निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि नमुना मतपत्र बनाएको छ। 

सार्वजनिक नमुना मतपत्रअनुसार केन्द्रीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र हुनेछन्।

रातो मतपत्र प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यका लागि प्रयोग गरिनेछ भने हरियो मतपत्र प्रदेशसभाका सदस्यहरूलाई दिइनेछ। 

राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र प्रदेशसभाका सदस्य मतदाता हुन्छन्। 

हेर्नुहोस् नमुना मतपत्र :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .