ad ad

कला


‘प्रसाद २’ को पहिलो पोस्टर सार्वजनिक

‘प्रसाद २’ को पहिलो पोस्टर सार्वजनिक

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार ८:२९, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘प्रसाद २’को पहिलो पोस्टर सार्वजनिक भएको छ। उक्त चलचित्र एसजी फिल्मसँग सुलभ थापा प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो। 

सार्वजनिक पोस्टरमा नायक विपिन कार्की, नायिका केकी अधिकारी र कलाकार अर्पण थापा छन्। सुदर्शन थापाले निर्देशन गरेको यो फिल्म लभ स्टोरीमा सामाजिक कथाबस्तु मिसिएको फिल्म हो।

‘माया भन्दा ठूलो नै क छ र’ भनेर फिल्मको स्लोगन राखिएको छ। सुदर्शन बस्नेतले फिल्ममा लगानी गरेका छन्। फिल्मको कथा सुशील पौडेलले लेखेका हुन्।

‘प्रसाद २’ले जातीयताको मुद्दा उठान गरेको छ। निर्देशक सुदर्शन थापाले फिल्मको कथावस्तुले दर्शकलाई झनै आकर्षित गर्ने दाबी गरेका छन्। 

फिल्मको ट्रेलर भोलि (फागुन २० गते) सार्वजनिक हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .