राजनीति


माधव नेपाल भन्छन् : रामचन्द्र पौडेलको प्रस्तावक हुँ, उहाँले नै जित्नु हुन्छ

माधव नेपाल भन्छन् : रामचन्द्र पौडेलको प्रस्तावक हुँ, उहाँले नै जित्नु हुन्छ

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १८:०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्द्धन, देशभक्ति र राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन्। 

बिहीवार काठमाडौंमा आयोजित ८ दलीय सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यक्ता रहेको बताए। उनले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताए। 

उनले राष्ट्रका सामु अनेकन चुनौतिहरु आइरहेको उल्लेख गर्दै यसलाई ध्यानमा राखेर राष्ट्रिय शक्तिहरुलाई एकतावद्ध बनाएर जान आवश्यक भएको बताए।

‘संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रबिन्दुमा राख्नुपर्छ। राष्ट्रसामु अनेकन चुनौती छन्, यसमा ध्यान जानुपर्छ, सबै राष्ट्र शक्तिहरुलाई एकतावद्ध भएर जानुपर्छ', उनले भने, 'यो कुरा राख्दै रामचन्द्र पौडेलको प्रस्तावक भएकाले विजयको शुभकामना दिन्छु।’

अध्यक्ष नेपालले अहिलेसम्म प्राप्त भएका अनुभवहरुलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्ने विश्वास गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .