नेकपा (एमाले) को मिसन ग्रासरुटअन्तर्गत जुम्लाको तातोपानी गाउँपालिका-५, लाम्राबाट सदस्यता नवीकरण तथा नयॉ सदस्यता वितरण अभियान सुरु भएको छ।
बिहीबार केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी सदस्यता वितरण गरी अभियानको आरम्भ गरे।
जनतामा विश्वास गर्ने र जनताको भरोसाको पार्टी भएकाले आफ्नो पार्टी चुनाव नपर्खी जनताको घरदैलोमा आएको उनले उल्लेख गरे।
‘कांग्रेस-माओवादीले हाम्रा लागि फिल्ड खाली गरिदिएका छन्। हामी अब लगातार जनताका बीचमा रहन्छौँ, जनताको आवाज उठाउँछौ, आगामी निर्वाचनबाट बहुमत ल्याउँछौँ,’ उनले भने।
एमालेले बहुमत नल्याएसम्म मुलुकको विकास असम्भव रहेकाले अहिलेदेखि नै जनताको विश्वास जित्ने गरी काम गर्न उनले कार्यकर्तालाई आग्रह गरे।
उक्त अवसरमा केन्द्रीय सदस्य रिजालको उपस्थितिमा १० जना सदस्यले सदस्यता नवीकरण गरेका छन् भने १० जनाले नयॉ सदस्यताका लागि आवेदन भरेका छन्।
कार्यक्रममा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महत, उपाध्यक्ष सुरत शाहीलगायतले बोलेका थिए।
कार्यक्रममा विष्णुमाया डॉगीको अध्यक्षतामा १५ सदस्यीय अमेमसंघ वडा कमिटी गठन गरिएको छ।
प्रमुख अतिथि रिजालले नवनिर्वाचित कमिटीलाई बधाई दिए। एमालेले केन्द्रीय प्रतिनिधि रिजालको उपस्थितिमा चन्दननाथ र तातोपानीमा वडाकेन्द्रित अभियान सुरु गरेको छ।
प्रतिक्रिया