नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले पुरानो गठबन्धन ब्युँताउन गरिएको संकल्प पूरा भएको भन्दै अहिले आफ्नो कुनै दाबी नभएको प्रष्ट पारेका छन्।
आफ्नो नाम अरुसँग जोडेर सरकारमा जाने दाबी गरेको भन्दै बहस सुरु भएकोप्रति उनले आपत्ति जनाउँदै सो कुरा बताएका हुन्।
‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ,’ खड्काले भनेका छन्, ‘अब मेरो दाबी कुनै कुरामा पनि छैन।’
उनले आफ्नो नाम जोडेर सरकारमा जाने दाबी गरेको भन्दै मिडिया र सामाजिक सञ्जालमा बहस भएको भन्दै आफूलाई अन्याय नगर्न समेत अनुरो गरेका छन्।
‘मेरो नाम अरुसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरिदिनुहोस्। सबैमा अनुरोध।’ खड्काले भनेका छन्।
Shares
प्रतिक्रिया