ad ad

राजनीति


रास्वपा बैठक सुरु, उपनिर्वाचनका लागि दल दर्ता पहिलो एजेन्डा

रास्वपा बैठक सुरु, उपनिर्वाचनका लागि दल दर्ता पहिलो एजेन्डा

फाइल।


नेपालखबर
फागुन १५, २०७९ सोमबार १२:३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बैठक केहीबेरअघि सुरु भएको हो।

बैठकमा उपनिर्वाचनमा दल दर्ता पहिलो एजेन्डा रहेको एक नेताले जानकारी दिए। साथै, बैठकले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनबारे छलफल गर्ने बताइएको छ।

आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने बारेमा पनि छलफल हुने सम्भावना छ। 

पार्टी सभापति रवि लामिछानेले अहिले कुनै दलको गठबन्धन वा सहकार्यमा नरहेको दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .