समाज


जेलबाट छुटे पल शाह, कारागारबाहिर समर्थकको भीड

जेलबाट छुटे पल शाह, कारागारबाहिर समर्थकको भीड

तस्बिर : भोजराज थापा


नेपालखबर
फागुन १५, २०७९ सोमबार १२:११, काठमाडौँ

उच्च अदालतबाट सफाई पाएपछि पल शाह जेलबाट छुटेका छन्। तनहुँ कारागारले उनलाई सोमबार छाडेको हो। पल कारागारबाट छुट्दा उनकी बहिनीले बुझेकी छन्। 

कारागारबाहिर पलका समर्थक तथा आफन्त ठूलो संख्यामा जम्मा भएका छन्। जिल्ला अदालत नवलपुर इमेलमार्फत सोमबार बिहान पललाई थुनामुक्त गरिदिन पत्र पठाएको थियो। 

जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगको कसुरमा पललाई अढाई वर्ष कैदको फैसला गरेको थियो। तर त्यसलाई उच्च अदालत पोखराले बदर गर्दै पलिलाई सबै अभियोगबाट सफाइ दिएपछि एक वर्षदेखि थुनामा रहेका पल छुटेका हुन्। 

पल २०७८ फागुन १५ गते तनहुँ प्रहरीको हिरासतमा पुगेका थिए। जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष पलले आत्मसमर्पण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .