नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक केहीबेरअघिमात्र सुरु भएको हो।
राष्ट्रपति निर्वाचनसहित पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन एमाले बैठक बसेको हो।
राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार बसेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रसहित ८ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई जिताउने निर्णय गरेपछि वर्तमान सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको छ।
सत्ताबा बाहिरिने प्रतिक्रिया दिएको एमालेले आजको बैठकबाट यसबारे औपचारिक निर्णय गर्ने बताइएको छ।
आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ।
राष्ट्रपति पद पाउनुपर्ने बताएको एमाले शुक्रबार ८ दलीय गठबन्धन बनेसँगै सत्ताबाट बाहिरिने तयारी गरेको छ।
42
Shares

प्रतिक्रिया