नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पाैडेलको जित निश्चित भएको दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो दाबी गरेका हुन्।
कांग्रेस बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेलको नाम सर्वसम्मत पास गरेको छ। ‘सभापतिले प्रस्ताव राख्नुभयो हामीले सर्वसम्मतीले पास गर्यौं,’ बैठकपछि सिटौलाले भने, ‘विजय निश्चित छ, अत्याधिक बहुमतले विजयी हुन्छौं।’
राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार बसेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रसहित ८ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई जिताउने निर्णय गरेको छ।
यो सँगै वर्तमान सत्ता गठबन्धन भने टुट्ने अवस्थामा पुगेको छ। राप्रपाले सत्ताबाट बाहिरिने निर्णय गरिसकेको छ भने एमाले बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी छ।

Shares

प्रतिक्रिया