राजनीति


संसदमा उठ्यो मकवानपुरमा आतंक मच्चाउने हात्तीको विषय, नियन्त्रणमा लिन माग

संसदमा उठ्यो मकवानपुरमा आतंक मच्चाउने हात्तीको विषय, नियन्त्रणमा लिन माग

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १४:५, काठमाडौँ

नेकपा (एमाले)का सांसद महेशकुमार बर्ताैलाले मकवानपुर जिल्लाको विभिन्न बस्तीमा आतंकित तुल्याउने ‘एमगज’ नामक हात्तीलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बर्ताैलाले सोही हात्तीको आतंकबाट मृत्यु भएकी मनोहरी गाउँपालिकाकी ६४ वर्षीया राधा अधिकारीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे।

‘मकवानपुर जिल्लामा एमगज नामको हात्तिले आतंक मच्याईरहेको छ। आज भन्दा ठिक ३ दिन अगाडि मकवानपुर जिल्ला मनोहरी गाउँपालिका वडा नम्बर ४ निवासी ६४ वर्षीया आमा राधा अधिकारीलाई हात्तिले आक्रमण गरी मृत्यु भएको छ’, बर्तौलाले भने, ‘उहाँको परिवार शोकमा हुनुहुन्छ। उहाँको मृत्यु मात्रै होइन। त्यहाँ ७ दिनदेखि एमगज नामको हात्तिले त्यहाँ स्थानीय जनताको घर भत्काउने, बाली नोक्सान गर्ने, आतंकित बनाईरहेको अवस्था छ।’

उनले एक साता यता मकवानपुरको विभिन्न बस्तीमा सो हात्तिले आतंक सृजना गर्दा पनि वन मन्त्रालय र त्यस मातहतका निकायले नियन्त्रणका लागि कुनै पनि पहल नगरेको भन्दै आपत्ति समेत जनाए।

‘विद्यार्थीहरु विद्यालय जाने स्थिति बनेको छैन। त्यतिमात्रै होइन सरकारको तर्फबाट वन विभागका कर्मचारीहरु, वन मन्त्रालयका कर्मचारीहरु, राष्ट्रिय निकञ्जका कर्मचारीहरुले जुन प्रकारले भूमिका खेल्नु पर्दथ्यो हात्तिलाई नियन्त्रण गर्नका लागि’, उनले भने, ‘बस्तीमा पस्न नदिनका लागि जुन किसिमको भूमिका निर्वाह गर्नु पर्दथ्यो, त्यो छैन। त्यसकारण म सम्माननीय सभामुख महोदयमार्फत् अविलम्ब त्यस हात्तिलाई नियन्त्रण गरी मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न म सरकारसँग माग गर्न चाहन्छु।’

सांसद बर्ताैलाले सो हात्तिले आतंक फैल्याएपछि विद्यार्थीहरु विद्यालय समेत जान नसक्ने अवस्था उत्पन्न हुुँदा पनि त्यहाँको वन विभाग, राष्ट्रिय निकुञ्जले नियन्त्रणका लागि चासो नदिएको गुनासो समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad