राजनीति


जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक : यादव

जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक : यादव

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १८:२७, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक भएको बताएका छन्।

बिहीवार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

छलफलका क्रममा आफूहरुले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सरकारको विषयमा धारणा राखेको उनले बताए। प्रधानमन्त्री दाहाल जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको उनको भनाई छ। 

उनले भने, ‘उपराष्ट्रपति, राष्ट्रपति, सरकार लगायतका विषयहरुमा हामीले आफ्नो धारणा राख्ने काम गर्यौँ। माओवादी अत्यन्त सकारात्मक छ, उनले भने, ‘माओवादीहरु, प्रचण्डजीहरु जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहनुभएको छ।’

उनले आगामी दिनमा सरकारको विषयमा पनि छलफल हुने बताए।

उनले भने, ‘सरकारलाई गतिशील बनाउने कुराहरु फेरी अन्यत्र पनि जोडिएका छन्। अहिलेको सरकार त हामी बाहेकको सरकार न हो। एमाले र माओवादी लगायतका पार्टीहरुको सहकार्यमा बनेको सरकार हो। त्यसको विषय के हो त? अब कहीँ न कहीँ एउटा किनारा त लाग्नुपर्यो। कि यता कि उता। त्यसका विषयमा पनि छलफल हुने आउने दिनमा।’

अध्यक्ष यादवले प्रधानमन्त्री दाहालले जुनसुकै काम गर्दापनि नेपाली कांग्रेसलाई सहमतिमा लिएर जान चाहेको धारणा व्यक्त गरेको उल्लेख गरे। दाहालले आगामी दिनमा कांग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको उनको भनाई छ।

साँझमा पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूसहितका नेताहरु छलफलमा जुट्ने उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .