राजनीति


प्रदेश ३ को नाम ‘नेवा ताम्सालिङ’ राख्न माग

प्रदेश ३ को नाम ‘नेवा ताम्सालिङ’ राख्न माग

नेपालखबर
पुस १५, २०७६ मंगलबार १०:०,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न प्रदेशसभालाई निर्देशन दिने निर्णयको विरोध हुन थालेको छ।

नेवार समुदायका अभियन्ताहरुले प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ राख्न माग गर्दै नेकपा सचिवालयको निर्णयको विरोध जनाएका हुन्। अभियन्ता मल्ल के सुन्दरले नेकपा सचिवालयले गरेको निर्णयका सम्बन्धमा सबै नेवारहरुको ध्यानकर्षण भएको बताएका छन्। उक्त निर्णय गैर संवैधानिक र संघीयता विरोधी भन्दै उनले प्रदेशको नाम बाग्मती कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन्।

समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले नेवा ताम्सालिङ राज्य बनाउनुपर्छ भनेर पहिले देखि नै आन्दोलन जारी रहेको स्मरण गर्दै नेकपाले गरेको निर्णयको विरुद्ध नेवार समुदाय एकजुट हुने बताए।

आन्दोलनको तयारी भइरहेको छ। यसले जस्तोसुकै तानाशाहीलाई पनि सडकमा ल्याएर पछार्ने स्थिती आउँछ’, उनले भने। राष्ट्रिय एकताका लागि सबै जाति, भाषा, धर्म र संस्कृतिलाई मुलधाररमा ल्याउन संघीयता आएको भन्दै उनले प्रदेश नम्बर ३ लाई नेवा ताम्सालिङ नामाकरण गर्नुपर्ने बताए।

उनले संविधान संशोधनका विषयमा आफ्नो पार्टीसँग भएको सम्झौताबाट प्रधानमन्त्री पछि हटेको प्रति कडा टिप्पणी समेत गरेका छन्। नेकपाको सचिवालय बैठकले प्रदेश नम्बर ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्ने निर्णय गर्दै प्रदेशसभालाई निर्देशन दिएको थियो।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडलले नाम र राजधानीका विषयमा शीर्ष नेतृत्वबाट निर्देशन आउनुपर्ने बताउँदै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad