राजनीति


धर्मका साथमा मानव सेवा बिर्सन हुँदैन : उपसभामुख राना

धर्मका साथमा मानव सेवा बिर्सन हुँदैन : उपसभामुख राना

फाइल तस्बिर


नेपालखबर
फागुन ७, २०७९ आइतबार ११:१, काठमाडौँ

उपसभामुख इन्दिरा रानाले धर्मका साथमा मानव सेवालाई बिर्सन नहुने बताएकी छन्।

तारकेश्वर नगरपालिका –२, वसन्तनगरमा अवस्थित ॐकारेश्वर मन्दिर उद्घाटन तथा वुद्घको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै उनले जनताले जनस्तरबाटै सक्रिय भएर अगाडि बढ्यो भने विकासले फड्को मार्नसक्ने बताइन्। 

नागरिकका आम चासोको मुद्दाहरूको समयमै सम्बोधन गर्न सक्यो भने देशको विकासमा कोसेढुंगा साबित हुने उनको भनाइ थियो। 

वक्तव्यका क्रममा उनले महादेव मन्दिर र वुद्घको प्रतिमा एकै ठाउँमा राखेर वसन्तनगरले धार्मिक सहिष्णुताका साथमा अनेकतामा एकतालाई प्रमाणित गरेको बताइन्। कार्यक्रममा बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङले स्थानीय जनताको पहलमा मात्र देश विकास सम्भव हुने धारणा राखे। 

अनावरण कार्यक्रममा प्रदेशसभाका सांसद अमन मास्केले चाडपर्वले हामीलाई धार्मिक सहिष्णुताका साथ एकअर्कासँग मिलेर अगाडि बढ्न सिकाएको बताएका छन्। स्थानीय जनताको पहलमा ९ आना १ पैसा जग्गा खरिद गरी उक्त स्थानमा ॐ कारेश्वर मन्दिर, वुद्घको प्रतिमाका साथै टोल सुधार समितिको भवन निर्माण गरिएको हो। 

कार्यक्रममा उपसभामुख इन्दिरा रानाले जग्गा खरिद तथा मन्दिर निर्माणमा सहयोग गरेका दाताहरूलाई दोसल्ला ओढाएर सम्मान तथा दाताहरूको नामांकित शिलालेखको अनावरण गरिन्। कार्यक्रमको सभापतित्व वसन्तनगर टोल सुधार समितिका अध्यक्ष आत्मराम पराजुलीले गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad