घरमै ग्यास सिलिन्डर लिक हुँदा जलेर गम्भीर घाइते नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा पहिलो अप्रेशन गरिएको छ।
सिलिन्डर ग्यास विस्फोटपछि घाइते भएका भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो। त्यहाँ शुक्रबार उनको दुवै खुट्टाको अप्रेशन सफलतापूर्वक सकिएको सचिवालयले जनाएको छ।
सांसद भण्डारीको मुम्बईमा उपचार सुरु, शुक्रबार २ पटक सर्जरी हुने
उनलाई आईसीयुमा राखेर उपचार भइरहेको छ। चिकित्सकका अनुसार डा. भण्डारीको अर्को अप्रेशन तयारी पनि भइरहेको छ। त्यसका लागि उनीहरुले भण्डारीका आफन्तसँग परामर्श गर्दैछन्।
यसअघि शुक्रबार बिहान साढे १० बजे पहिलो सर्जरी र दिउँसो साढे १ बजे दोस्रो सर्जरी गर्ने तयारी थियो। तर केही बेरअघि पहिलो अप्रेशन सकिएको हो।
156
Shares

प्रतिक्रिया