ad ad

समाज


सांसद भण्डारीको मुम्बईमा उपचार सुरु, शुक्रबार २ पटक सर्जरी हुने

सांसद भण्डारीको मुम्बईमा उपचार सुरु, शुक्रबार २ पटक सर्जरी हुने

फाइल।


नेपालखबर
फागुन ५, २०७९ शुक्रबार ७:१२, काठमाडौँ

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार सुरु भएको छ। सिलिन्डर ग्यास विस्फोटपछि घाइते भएका भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो। 

उनलाई अहिले आईसीयुमा राखेर उपचार भइरहेको कांग्रेस नेता योग राज कँडेलले बताएका छन्। चिकित्सकका अनुसार डा. भण्डारीको शुक्रबार दुईपटक सर्जरी गर्ने तयारी रहेको छ। 

अस्पतालका डा. सुजिल केस्वानीले दिएको काउन्सिल अनुसार बिहान साढे १० बजे पहिलो सर्जरी र दिउँसो साढे १ बजे दोस्रो सर्जरी गर्ने तयारी छ। 

चिकित्सका अनुसार हृदयको चाल  नर्मल रहेको, एण्टीवायोटिक्स कन्टीन्यू गर्ने र आत्तिनु नपर्ने जानकारी प्राप्त भएको उनले बताएका छन्। साथै, सबै पारमिटरहरू नर्म रहेको चिकित्सकले बताएको कँडेलले जानकारी गराएका छन्। भण्डारीलाई ४८ घन्टा भेन्टिलेसनमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्।

भण्डारीको उपचारका लागि प्रयोग भइरहेको मेडिसिन। तस्बिर : योग राज कँडेल।

बुद्धनगरस्थित घरमा ग्यास लिक भएर पड्किँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन्। शरीरको ७० प्रतिशतभन्दा बढी जलेकी आमाको भने बिहीबार नै कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। 

भण्डारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि भारत लगिएको थियो। 

उनको अनुहारमा आगोले पोलेका कारण त्यसले श्वासनलीमा असर पुर्‍याएको चिकित्सकले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .