ad ad

राजनीति


कांग्रेस सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे सभापति देउवा

कांग्रेस सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे सभापति देउवा

फाइल तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन ४, २०७९ बिहिबार ११:२, काठमाडौँ

सिलिन्डर ग्यास विस्फोट भएपछि घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सभापति शेरबहादुर देउवा कीर्तिपुर अस्पताल पुगेका छन्। 

बिहीबार बिहान उनी अस्पताल पुगेका हुन्। सभापति देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारी र उनको आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। 

त्यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्यमन्त्री पदम गिरी लगायत दलका नेताहरू कीर्तिपुर अस्पताल पुगेका हुन्।

सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट गएराति घाइते भएका थिए।

लगत्तै, उनलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। 

अस्पतालले अवस्था गम्भीर भएको भन्दै देशबाहिरको सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि लैजान सुझाव दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .