राजनीति


भारतीय विदेश सचिव क्वात्राले भेटे कांग्रेस सभापति देउवालाई

देउवाले भने : द्विपक्षीय सम्बन्ध अझै गहिरो बनाउन कुरा गर्‍यौँ
भारतीय विदेश सचिव क्वात्राले भेटे कांग्रेस सभापति देउवालाई

नेपालखबर
फागुन १, २०७९ सोमबार १८:१५, काठमाडौँ

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

सोमबार बिहान काठमाडौं उत्रिएलगत्तै राजनीतिक भेटवार्तामा व्यस्त रहेका क्वात्राले धुम्बाराही पुगेर देउवासँग राजनीतिक भेटवार्ता गरेका हुन्।

क्वात्रासँगको भेटघाटपछि सभापति देउवाले यो भेटवार्तापछि खुसी व्यक्त गरेका छन्। उनले भेटका क्रममा दुई देशका साझा चासो र जनस्तरमै रहेको सम्बन्धलाई अझै बलियो बनाउनेबारे कुरा भएको पनि बताएका छन्। 

'भारतका विदेश सचिव विनय मोहन क्वात्रासँग भेट्दा खुसी लागेको छ। हामीले आपसी हितका विभिन्न मुद्दा र जनस्तरमै रहेको सम्बन्धलाई मजबूत बनाउनेबारे कुरा गर्यौँ। हाम्रो साझा लक्ष्य दुवै देशका नागरिकको हित र नेपाल-भारत सम्बन्धलाई अझै गहिरो बनाउनु रहेको छ', उनले भेटपछि भनेका छन्।

यसअघि क्वात्राले नेपालस्थित परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यला, परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेट गरिसकेका छन्। 

उनले सोमबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरिसकेका छन्। क्वात्राले मंगलबार पनि राजनीतिक भेटलाई जारी राख्ने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad