राजनीति


भारतीय विदेश सचिव भोलि आइपुग्दै, तत्कालै उच्चस्तरीय भेटवार्ता थाल्ने

प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने
भारतीय विदेश सचिव भोलि आइपुग्दै, तत्कालै उच्चस्तरीय भेटवार्ता थाल्ने

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०७९ आइतबार १५:३३, काठमाडौँ

भारतीय विदेशसचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउँदैछन्। परराष्ट्र सचिव भरत राज पौड्यालको निमन्त्रणामा क्वात्रा यहाँ आउन लागेका हुन्। 

सोमबार बिहान काठमाडौ उत्रेलगत्तै क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। 

भेटवार्तामा कनेक्टिभिटी, बिद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृति लगायत द्विपक्षीय सहकार्यका आधादर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुने भारत भ्रमणबारे पनि कुराकानी हुने बताइएको छ। प्रचण्डलाई उनले नेपाल भ्रमणको निम्ता दिने बताइएको छ। 

भोली नै क्वात्राले परराष्ट्रमन्त्री बिमला राईसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि उनले दिउँसो प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम छ। 

क्वात्राले नेपालम रहँदा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवा लगायत राजनीतिक दलका नेताहरुसँग भेट्नेछन्। 

राष्ट्रपति निर्वाचनको मुखमै छिमेकी भारतका विदेश सचिवले यहाँका नेतासँग कुराकानी गर्न लागेका हुन्। नेपालमा अमेरिका लगायत पश्चिमा देशले पछिल्लो समय बढाएको सक्रियताप्रति भारत सशंकित छ। 

दुई सातामा अमेरिकाबाट दुई वरिष्ठ अधिकारीको नेपाल भ्रमण भएको थियो। त्यसैगरी दक्षिण एसियाली मामिला हेर्ने अर्की एक अमेरिकी अधिकारी अफ्रिन अख्तर पनि सोमबार नै नेपाल आउने क्रममा छिन्। क्वात्रा आएकै दिन अमेरिकी उच्च अधिकारी उत्रनेछिन्। 

परराष्ट्र मन्त्रालयले क्वात्राको भ्रमणलाई दुई देशबीचको सम्बन्ध अझ विस्तार र सुदृढ गर्ने अवसर भनेको छ। ‘यो भ्रमण दुई मित्रवत् छिमेकीबीच हुने नियमित भ्रमणकै निरन्तरता हो’ परराष्ट्रले भनेको छ। 

नेपाल र भारतले शुक्रबार भ्रमणको संयुक्त घोषणा गरेका थिए। विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो । 

‘दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको हो । 

भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्नुहुनेछ,’ भारतीय विदेस मन्त्रालयले विज्ञप्तिमा भनेको थियो। भ्रमण सकेर भारतीय विदेशसचिव मंगलबार स्वदेश फर्किनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad