समाज


ट्रमा सेन्टरका डाक्टर भन्छन् : आन्दोलन छाडेका छैनौँ

ट्रमा सेन्टरका डाक्टर भन्छन् : आन्दोलन छाडेका छैनौँ

नेपालखबर
माघ २९, २०७९ आइतबार १५:४०, काठमाडौँ

ट्रमा सेन्टरमा कार्यरत डा जनिथ सिंहमाथि आक्रमण भएपछि ट्रमा र वीर अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले सेवा ठप्प पार्ने घोषण गरेका थिए। 

आइतबार सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति भएको छ। 

सहमतिसँगै चिकित्सक संघले अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। तर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का आवासीय चिकित्सकहरुको संस्था रेजिडेन्टर एसोसिएसन अफ न्याम्सले भने अझै आन्दोलन नछाडेको बताएको छ। 

आन्दोललाई नेतृत्व गरेका एसोसिएसनका अध्यक्ष डा. शेषराज घिमिरेले भने सेवा बन्द गर्ने कार्यक्रम स्थगन भएको र आन्दोलन भने जारी नै रहेको बताए। 

उनले भने, ‘ओपीडी सेवाहरु मात्र सञ्चालना ल्याएका हौँ। नेपाल चिकित्सा संघले जुन सेवा बन्द भनेर घोषणा गरेको थियो, अहिलेलाई स्थगन मात्र भएको हो। आन्दोलन छाडेको होइन।’

आफूहरुले सधै उपचार गरिरहेका अनुहारले उपचार नपाउँदा पक्कै पनि कोही डाक्टर खुसी हुँदैन भन्दै उनले यो कुराको जिम्मा आफूहरुमाथि प्रहार गर्ने र सुरक्षा नदिने राज्यले लिनु पर्ने बताए।

‘डाक्टरले कोभिड जस्ता हरेक विपद्मा सेवा दिरहेकै हो’ उनले भने, ‘तर हातपात भएपछि हामी कसरी सुरक्षित भयौँ भनेर सेवा दिने हो?’ 

राज्यले चिकित्सकहरुलाई सेवा बन्द गरेर आन्दोलनमा उत्रिनका लागि बाध्य बनाएको उनी बताउँछन्। 

राज्यको चौथो अंग (सञ्चार क्षेत्र) प्रति इंगित गर्दै उनले चिकित्सकमाथि बारम्बार किन यस्ता घटना घटिरहन्छ भनेर राज्यलाई प्रश्न गरेर जिम्मेवार बनाउन नसकेको गुनासो पनि गरे।

काम नगर्ने भनेर बन्द गरेको भन्दा पनि काम गर्नै नसक्ने अवस्था आएपछि बाध्य भएर सेवा ठप्प पार्नु परेको उनले बताए। 

‘उहाँहरुले एक हप्ताको समय माग्नु भएको छ। हामीले चाहेका सम्पूर्ण कुराहरु लिखितमा दिएका छैनौं’ उनले भने, ‘तर त्यसलाई सम्बोधन हुने कुराहरु त्यो बुँदामा छन्। त्यही आधारमा अब छलफल हुने छ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad