राजनीति


चिकित्सक संघ र सरकारबीच प्रधानमन्त्री कार्यालयमा वार्ता

चिकित्सक संघ र सरकारबीच प्रधानमन्त्री कार्यालयमा वार्ता

फाइल।


नेपालखबर
माघ २९, २०७९ आइतबार १०:१, काठमाडौँ

देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरेको नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भएको छ। बिहान ८ बजे देखि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच वार्ता भइरहेको हो।

वार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले गरेका छन्। त्यसमा स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालयको प्रतिनिधिहरु रहेका छन्।

चिकित्सक संघको तर्फबाट नेतृत्व डा. लोचन कार्कीले गरेका छन् भने सो टोलीमा महासचिव डा बद्री रिजाल, डा रुद्र मरासिनी, संघका पूर्व अध्यक्षहरुको सहभागिता छ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षार्थ खटिएका प्रहरीबाट एक जना चिकित्सक पिटिएपछि चिकित्सक संघ आन्दोलनमा उत्रिएको हो।

संघले आइतबार आकस्मिक बाहेकका देशका सबै स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad