कला


बुवाका कारण लुक्दै उडे अनमोल केसी

बुवाका कारण लुक्दै उडे अनमोल केसी

नेपालखबर
माघ २९, २०७९ आइतबार १०:१०, काठमाडौँ

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विवादमा छन्। एकपछि अर्को विवादमा तानिएका भुवनका कारण उनका छोरा अभिनेता अनमोल केसी अप्ठ्यारोमा परेका छन्। 

विकास बोर्डले दुबईमा आयोजना गर्न लागेको फिल्म महोत्सवमा सहभागी हुन् अनमोल सुटुक्क दुबई उडेका छन्। सूर्य कर्पोरेसनसँग मिलेर विकास बोर्डले गर्न लागेको यो अवार्ड सबैतिरबाट विवादको घेरामा तानिएको छ। कतिपय कलाकारले त अवार्ड बहिस्कार गरेर बसेका छन्। 

अनमोल देशमा हुने प्राय अवार्डमा सहभागी हुँदैनन्। उनी विदेशमा हुने अवार्डमा पनि नजाने कलाकारमा पर्छन्। तर दुबईमा हुने लागेका अवार्डमा सहभागी हुने भनेर अनमोलको नाम प्रचार हुँदादेखिनै फिल्मकर्मीले अचम्म मानेका थिए। यति धेरै आलोचना भएको कार्यक्रममा सहभागी हुन अनमोल कसरी राजी भए भनेर अहिले प्रश्न उठिरहेको छ। 

फिल्म उद्योगमा विवादमा आउन नरुचाउने अनमोल यो अवार्डपछि भने विवादमा तानिएका छन्। दुबई उड्ने बेला पनि उनी खुलेर बाहिर आउन सकेनन्। उनका पिता भुवन केसीले अनमोल मिडियाका सामु आएर आफ्नो धारणा राख्ने बताउँदै आएपनि अनमोलले मिडिया सामु आफूलाई उभ्याउन सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad