राजनीति


उपेन्द्र यादव र माधव नेपालसँग वार्ता गर्दै प्रधानमन्त्री, सरकारमा ल्याउने कोसिस

उपेन्द्र यादव र माधव नेपालसँग वार्ता गर्दै प्रधानमन्त्री, सरकारमा ल्याउने कोसिस

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०७९ मंगलबार १७:३८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी (जसपा) र  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षसँग छलफल गर्दैछन्।

मंगलबारै बेलुका ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल तय भएको स्रोतले जनाएको छ। 

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको जसपा सरकारमा सहभागी भएको छैन। 

उता कांग्रेससँगको गठबन्धनमा रहेको एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दिए पनि समर्थन गरेको छैन। 

गैर सांसद भएर गृहमन्त्री बन्ने योजना असफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेले प्रचण्ड सरकारबाट

आफ्ना दुई मन्त्री फिर्ता बोलाएका छन्। रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राखेको छ। 

दुई अध्यक्षसँगको भेटमा नयाँ राजनीतिक परिस्थिति र घटनाक्रमको विश्लेषण हुने बताइएको छ।

सम्भवतः जसपालाई सरकारमा ल्याउने प्रयास हुने बताइएको छ।

यो गठबन्धनमै नरहेको एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने प्रयत्न गर्ने प्रधानमन्त्री प्रचण्डको योजना छ।

मंगलबार बिहान उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

ओलीसँगको छलफल पछि प्रचण्ड दुई पार्टीका अध्यक्षसँग संवादमा जुट्न लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .