ad ad

राजनीति


प्रधानमन्त्रीले महान्यायाधिवक्ताको कार्यालय भ्रमण गर्ने

प्रधानमन्त्रीले महान्यायाधिवक्ताको कार्यालय भ्रमण गर्ने

फाइल।


नेपालखबर
माघ २३, २०७९ सोमबार ८:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको कार्यालय भ्रमण गर्ने भएका छन्। 

सोमबार बिहान साढे १० बजे प्रधानमन्त्रीले महान्यायाधिवक्ताको कार्यालय भ्रमण गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ। 

गत १३ पुसमा प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा डा. दिनमणी पोखरेल महान्यायधिवक्तामा नियुक्त भएका थिए। त्यसपछि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक महान्यायाधिवक्ताको कार्यालय भ्रमण गर्न लागेका हुन्। 

बालुवाटारमा दलका प्रमुख सचेतकको छलफलपछि रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा प्रधानमन्त्रीले भ्रमण गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .