ad ad

राजनीति


रास्वपा बैठकमा नेताहरुलाई मोबाइल फोन लैजान पनि निषेध

रास्वपा बैठकमा नेताहरुलाई मोबाइल फोन लैजान पनि निषेध

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०७९ आइतबार १४:२५, काठमाडौँ

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति सदस्यहरु र संसदीय दलका सदस्यको बैठक बसुन्धराम जारी छ।

शनिबार राति बसेको बैठक निष्कर्षविहीन भएपछि रास्वपाले आइतवार पनि बैठकलाई निरन्तरता दिएको छ।

तर यो बैठकमा रास्वपा नेताहरुलाई मोबाइल फोनसमेत लैजान निषेध गरिएको छ।

'बैठकमा मोबाइल फोन पनि सँगै लैजान दिइएको छैन', एक नेताले नेपालखबरलाई भने, 'पार्टीमा विवादको सूचना चुहि एको भन्दै बैठकमा मोबाइल प्रयोग निषेध गरिएको खबर हामीलाई दिइएको छ।'

यो बैठकले गृह मन्त्रालय नपाए सरकारमा रहने कि नरहने भन्ने विषयमा निर्णय गर्ने रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बताएका छन्। 

गत बिहीबार पार्टी बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपा प्रवक्ता डा. मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर २ दिनको समय मागेको बताएका थिए।  

तर त्यो २ दिनको अल्टिमेटम शनिबार मध्यरातिबाट सकिएको छ। तर शनिबार साँझ प्रधानमन्त्री प्रचण्डले रास्वपालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका थिए। 

नागरिकता मुद्दाका कारण गत माघ १३ गते सर्वोच्च अदालतको फैसलाले गृहमन्त्री पदबाट हट्न बाध्य रास्वपा सभापति रवि लामिछानेले प्रक्रिया पूरा गरी नेपाली नागरिकता लिएपछि त्यही पदमा दोहोरिन चाहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .