ad ad

राजनीति


नयाँ सांसद जनताको स्वार्थभन्दा आफ्नो गाडी परिवर्तन गर्नपट्टि लागे : गुरुङ

नयाँ सांसद जनताको स्वार्थभन्दा आफ्नो गाडी परिवर्तन गर्नपट्टि लागे : गुरुङ

नेपालखबर
माघ २२, २०७९ आइतबार १४:२७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले देश गम्भीर आर्थिक संकटतर्फ उन्मुख रहेको बताएका छन्।

आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेताहरु ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै अझै नेताहरु नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने बताए।

उनले आँखा अघि नै व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्दा पनि सरकार र नेताहरु आफ्नै स्वार्थमा लागिपरेको बताए। 

उनले जनताको स्वार्थ भन्दा मन्त्रीहरु पुरानो गाडी परिवर्तन गर्नुहोस् भन्नेतर्फ लागिपरेको आरोप लगाए। उनले देश गफले मात्रै चल्न नसक्ने भन्दै संसद जनताप्रति उत्तरदायी हुनुपर्ने बताए। उनले संसद नीति निर्माण भन्दा पनि घोचपेचमा नै सकिँदै गइरहेको बताए।

उनले भने, ‘मुलुक भयानक आर्थिक संकटतर्फ उन्मुख छ। हामीले ठूला सपना मात्रै बाँडिरहेका छौँ। त्यो बाँड्दै गर्दापनि हाम्रै आँखा अघि व्यवसायीहरु धरापमा परेको देखिरहेका छौँ, आत्महत्या त धेरैले गरिसकेका छन्। आत्मदाह आफ्नै अघि गरिरहेका छन्, यसले पनि छुँदैन कि के हो, दिनदहाडै आत्मदाह भएको छ। व्यवसायीमा कोलाहाल मच्चिरहेको छ, तैपनि सरकारमा बस्ने मन्त्रीहरु पुरानो गाडी भयो नयाँ गाडी पाउँ भनेर निवेदन गरिरहेको छ। हामी यस्तो बिडम्बना भोगिरहेका छौँ। सपना बाँडेर, गफ गरेर मात्रै हुँदैन, संसद संसद नै हो, सार्वभौम जनताको सत्ता हो, यसमै घोचपेचका मात्रै कुरा हुन्छ। हामी नेताहरु गफ मात्रै गरिरहन्छौँ, काम गर्दैनौँ। देश अधोगतितिर उन्मुख छ।’

सांसद गुरुङले मन्त्री र प्रधानमन्त्री पदकै लागि नेताहरु पटकपटक लडिरहेको बताए। उनले यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित भएपनि नयाँ प्रतिनिधि सभा सदस्यहरु पनि पुरानै नेताहरु सरह सत्तामा लिप्त भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .