राजनीति


अनुभव हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्छु : मन्त्री गिरी

अनुभव हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्छु : मन्त्री गिरी

फाइल।


नेपालखबर
माघ २१, २०७९ शनिबार २२:१२, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आम जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रको सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेकपा (एमाले) पर्वत–काठमाडौँ सम्पर्क मञ्चद्वारा यहाँ आज आयोजित ‘स्वास्थ्य नीति तथा कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले स्वास्थ्यको क्षेत्रमा तत्काल ठूलो बजेटको व्यवस्था गर्न नसकेपनि भएका स्रोत र साधनलाई अधिकतम प्रयोग गरी अत्यन्त व्यवस्थित र योजनाबद्ध तरिकाले स्वास्थ्य क्षेत्रलाई विकास गरेर लैजाने काममा मन्त्रालय जुटिरहेको बताए। 

स्वास्थ्य क्षेत्रभित्र रहेको सबै खालका विकृति र विसङ्गति, अपारदर्शिता अनुत्तरित प्रवृत्तिको अन्त्य गर्दै समग्र शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा सुधार ल्याउने योजना सुनाए।

‘गरिबीको रेखामुनी रहेका जनताको स्वास्थ्यमा पहुँच बढाउनुपर्ने छ, पैसा नभएकै कारण अकालमा मर्नुपर्ने बाध्यताको अन्त्य गर्ने गरी स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने छ, त्यसको लागि योजना पनि तयार गरिएको छ’, उनले भने।

उनले अहिले भइरहेका स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार गरेर लैजाने, स्वास्थ्य क्षेत्रको प्रयोशालालाई तल्लो तहसम्म पु¥याउने, स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापन, न्यूनतम सेवा मापदण्ड कार्यान्वयन गर्ने, आम जनतालाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने लगायतका योजना सुनाए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad