राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कमेडियन हिमेश पन्तले रास्वपाले गृह मन्त्रालय बाहेक अरु मन्त्रालय लिनु भनेको ‘खुट्टामा बन्चरो हान्नु’ सरह भएको बताएका छन्।
अहिले पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा रास्वपाको निर्णायक बैठक जारी छ।
बैठक जारी रहँदा सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘आज गृहमन्त्री नदिनेले भोली काम गर्न पनि दिदैन। स्वतन्त्र पार्टीले अरु मन्त्रालय लिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो। बरु! सरकार छोड्नु, नैतिकता नछोड्नु।’
पन्त गत ४ मंसिरमा भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत थिए।
351
Shares

प्रतिक्रिया