राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरदेखि बैठक जारी रहेको एक सांसदले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको नयाँ प्रस्तावबारे छलफल हुँदैछ। प्रधानमन्त्री प्रचण्डले शनिबार साँझ बालुवाटार बोलाएर सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका थिए।
सोही प्रस्तावबारे के गर्ने भनेर छलफल भइरहेको ती सांसदले नेपालखबरलाई जानकारी दिए।
बैठकमा केन्द्रीय समिति र संसदीय दलका सदस्यहरु उपस्थित छन्।
यसअघि गत बिहीबार रास्वापाले २ दिनको समय दिएको थियो। त्यसअघि प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीले फोन गरेपछि सो समय दिएको प्रवक्ता मुकुल ढकालले बताएका थिए।
रविलाई गृहमा पुर्नवहालि गर्नपर्ने ओलीले बताएका थिए। तर, प्रचण्डले भने अहिले सर्वोच्चको पूर्णपाठ नआएको र राहदानी विवाद समेत कायम रहेकाले गृह दिन नहुने बताएका थिए।
गृह मन्त्रालय माओवादीले राखेर रास्वपालाई भौतिक पूर्वाधार वा अन्य कुनै मन्त्रालय दिनेगरी प्रचण्डले प्रस्ताव गरेका हुन्।
Shares

प्रतिक्रिया