लुम्बिनी


पर्यटनमन्त्री भएपछि सुदन किराँती पहिलो पटक लुम्बिनीमा, मायादेवी मन्दिरको दर्शन

पर्यटनमन्त्री भएपछि सुदन किराँती पहिलो पटक लुम्बिनीमा, मायादेवी मन्दिरको दर्शन

नेपालखबर
माघ २१, २०७९ शनिबार २१:५८, बुटवल

संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती लुम्बिनी आएका छन्। मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका उनले साँझ मायादेवि मन्दिरको दर्शन गरेका छन।

किराँतीले मन्दिर परिसरमा दीप प्रज्जवलन गरेर  मन्दिरभित्र रहेको मार्कन स्टोन, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदिप क्षेत्रको जानकारी तथा अवलोकन गरे।

सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनि र बुद्वका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए।

मन्त्री किराँतीले कोषका पदाधिकारी तथा विभिन्न शाखाका प्रमुखहरूबाट लुम्बिनीमा भईरहेका काम र बुद्व जन्मस्थलको ईतिहास, पर्यटकका लागि दिईने सुविधाका बारेमा चासो राखेका थिए। 

अवलोकनमा क्रममा कोषका उपाध्यक्ष भिक्षु मैत्तय सहित पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, कोषाध्यक्ष सिद्विचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतको उपस्थिति थियो।

कान्तिपुर मिडिया गुप्रले आयोजना गरेको कार्यक्रमका लागि भैरहवा आएका बेला मन्त्री किराँती लुम्बिनी आएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad